सिन्धुली – सिन्धुलीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित कोभिड अस्पतालमा उपचाररत दुधौली नगरपालिका–९ की ४८ वर्षीया र कमलामाई नगरपालिका–४ की ३५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो ।
सिन्धुली अस्पतालका डा. सागर देवकोटाका अनुसार दुधौलीकी महिलालाई भेन्टिलेटरमा राखिएको थियो भने कमलामाईकी महिलालाई अक्सिजन दिएर उपचार भइरहेको थियो ।
यससँगै सिन्धुलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।