चितवन – माडीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका(५, पिपरिया निवासी ६० वर्षीय बृद्ध पुरुष रहेका छन् ।
उनको आइतबार बिहान ३:३५ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
निमोनियाको समस्या भई जेठ २ गते दिउँसो १२ बजे अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै माडीमा कोरोनाको दोश्रो लहर सुरु भएदेखि मृतकको संख्या ५ पुगिसकेको छ ।