काठमाडौं – काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड–१९ ओपीडी सेवा सुरु भएको छ । ओपीडीमा कोभिड संक्रमितहरुको जाँच गरि भर्ना गर्नु नपर्ने अवस्थाका भए घर पठाउने र अक्सिजन चाहिएमा ओपीडीमै दिने व्यवस्था गरिएको छ ।
आइतबारदेखि सिरियस भएमा भर्ना गर्ने गरी व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अस्पतालमा हुने भर्ना र अक्सिजनको चाप घटाउन सेवा सुरु गरिएको हो । डा. गौतमले निजी अस्पतालहरुलाई पनि चाँडै कोभिड ओपीडी सेवा सुरु गर्न निर्देशन दिइसकिएको बताए ।