१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

जुम्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारथ कालिकोटका एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो ।

जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसीयूमा उपचार गरिरहेका कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन थापा मगरले बताए ।आईसीयूमै उपचार गर्ने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । मृतक शाहीलाई कालिकोटमा अक्सिजन अभाव भएपछि उपचारका लागि बैशाख ३१ गते जुम्ला ल्याइएको थियो ।जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको बताए ।

कर्णाली प्रतिष्ठानमा पीसीआरबाट संक्रमित हुनेको संख्या २ सय १० जना पुगेको छ । अहिले २७ जना बिरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना बिरामीको समेत उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]