सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा थप एक जना सहित दुई जनाको मृत्यु भएको भने कोरोनाका कारण मृत्युको संख्या ८ पुगेको छ ।
बिराटनगर स्थित नोबेल अस्पतालमा तिन दिनदेखि उपचारार्थ कञ्चनरुप नगरपालिका वडा न.–९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाले जनाए अनुसार अाज बिहान ४३ बर्षिय पुरुषको मृत्यु भएको हो ।यो सहित कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ८ पुगेको छ ।यता जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ जना पुगेको छ । कञ्चनरुप नगरपालिकामा हाल १ सय ५६ जना कोरोना संक्रमित रहेको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । आइतवार मात्रै संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुरुष र वडा नम्बर ९का ६७ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।
जिल्लामै कञ्चनरुप नगरपालिका वडा न. –३ का थप एक जना पुरुषको मृत्युु भएको छ तर उहाँको पीसीआर रिर्पोट आउन बाँहि रहेको स्वास्थ्य शाखाले जनाएको छ ।