सप्तरी – विश्व चर्पी दिवस २०२० को अबसरमा आज SNV Nepal को सहयोगमा WASHSDG कार्यक्रम अन्तर्गत सबल नेपालद्वारा सप्तरीको खडक नगरपालिकामा विभिन्न क्रियाकलापहरुको आयोजना गरी मनाइएको छ ।
“दिगो सरसफाइ र जलवायु परीवर्तन” भन्ने मुल नाराका साथ खडक नगरपालिका वडा नं ३ को गरुराहा बस्तीमा वडाअध्यक्ष गमकलाल चौधरीको अध्यक्षता एवं खडक नगरपालिकाकि नगर उपप्रमुख यासमिन सुल्तानको प्रमुख आतिथ्यता र एसएनभि नेपालका कृष्ण जिसिको विशेष उपस्थितीमा स्थानीय बुद्दिलाल चौधरीले वडा कार्यालय तथा सबल नेपालको सहकार्यमा बनाएको अपॉगता मैत्री चर्पीको एक कार्यक्रम बिच उदघाटन गरीयो ।
यसैगरी खडक नगरपालिका वडा नं ११ को लालपुरमा राम बस्तीमा रहेको सार्वजनिक कलमा सबल नेपालद्वारा बनाईएको प्लेटफर्मको पनि कार्यक्रम संयोजक परमेश्वर झाद्वारा स्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका पदाधिकारीलाई हस्तान्तरण गरिएकाे छ । यो बस्ती स्तरीय छलफल कार्यक्रमहरुको समेत संचालन गरीएको सबल नेपालका देबेश चाेधरिले जानकारि दिनुभयाे ।
त्यस्तै विश्व चर्पी दिवसकाे अवसरमा जिल्लाकाे विभिन्न स्थानमा विभिन्न सङघ सस्थाहरुले विविध कार्यक्रमकाे अायाेजना गरि मनाइएको छ ।