१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

सप्तरी – कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयरको अाज विहान मृत्यु भएको छ ।

विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज विहान ४ वजे सप्तकाेशि नपाकि उपमेयर अाशा चाेधरिकाे मृत्यु भएको सप्तकोशी नगरपालिका वडा न. ५ का वडाअध्यक्ष दिपक लेखीले जानकारी दिएका छन । दोस्रो लहरको कोरोनाकालमा यो सहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको वडाअध्यक्ष लेखीले बताए । उनले भने,‘हिजो पनि एक जनाको मृत्यु भएको थियो ।’ दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन् । नेकपा एमालेका नेता रविन्द्र चौधरीले सप्तकोशी नगर उपप्रमुख आशा चौधरी यश संसारमा रहेनन् । सुन्दा निशब्द र स्तब्ध भएको बताएका छन् ।
नेकपा एमाले सप्तकोशी नगर कमिटीले पनि चौधरीको १० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो ।

३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो । वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरो छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]