हेटौंडा – बागमती प्रदेशमा एकै दिन ८१ जना कोभिड–१९ का संक्रमितको मृत्यु भएको छ । सोमबार सबैभन्दा धेरै काठमाडौँमा ३१ जना, ललिपुर ११, भक्तपुर ११, चितवन १०, काभ्रेपलाञ्चोक ६, धादिङ ४, दोलखा ३, मकवानपुर २, रामेछाप, नुवाकोट र सिन्धुपाल्चोकको एक-एक संक्रमितको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार प्रदेशमा ३ हजार ६ सय २२ संक्रमित थपिएका छन् । हाल बागमती प्रदेशमा ५६ हजार सक्रिय संक्रमित छन् भने १९ सय १९ जनाको कोभिका कारण मुत्यु भइसकेको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए ।