काठमाडौं – गण्डकी प्रदेश सरकारमा नियुक्त पाँच मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख सिता कुमारी पाैडले नवनियुक्त पाँच मन्त्रीलाई बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ दिलाइन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा पुरानै अनुहार दोहोर्याएका हुन्। किरण गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, रामशरण बस्नेत भौतिक पूर्वाधार मन्त्री, नरदेवी पुन सामाजिक विकास र विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।’विवादित’ सांसद दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा दोहोर्याएका हुन्।
विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि गुरुङ सबैभन्दा धेरै सांसद रहेकाे संसदीय दलको नेताका रुपमा पुन: मुख्यमन्त्री नियुक्त भएका थिए।