सप्तरी : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रहरीको गोली लागि मृत्यु भएका युवकको दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
बुधवार प्रहरी र स्थानीयबीचको झडपमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो ।
राउतले बिहीवार एक विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई परिवारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
राउतले विज्ञप्तिमा भनेका छन्, अविनाश राजभरलाई नेपालका सशस्त्र प्रहरीले सीधै गोली हानेर गरेको नश्लीय हत्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सोको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउन जनमत पार्टी माग गर्दछ ।