१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

ताउते चक्रवाती तुफानका कारण अरब सागरमा डुबेको बार्ज पी–३०५ जहाजका ४९ कर्मचारी अझै पनि हराइरहेका छन् ।

त्यसमा भएका ७५ मध्ये २६ जनाको मृत्यु भइसकेको छ ।भारतीय जलसेनाले दिनरात खटेर यी मानिसहरूको खोजतलाश गरिरहेको छ । समुद्रमा यसअघि पनि मानिसहरू हराएर निकै पछि भेटिएको इतिहास पाइन्छ । कुल १३३ दिन हराएर समेत मानिस जिउँदै फर्किएको इतिहास छ ।

चीनका पून लिम समुद्रमा हराएर १३३ दिनपछि फर्किएका हुन् । सन् १९४२ को नोभेम्बर महिनादेखि १९४३ को अप्रिलसम्म पून समुद्रमा हराए । उनी बेलायती जहाजका कर्मचारी थिए । दोस्रो विश्वयुद्ध चलिरहेको बेलामा दक्षिण अफ्रिकाको केपटाउनबाट अमेरिकातिर जाँदै गरेको जहाजमा जर्मनीका नाजीहरूले यू–बोटमार्फत आक्रमण गरे ।

आक्रमण भएलगत्तै पून जहाजबाट समुद्रमा हाम्फाले र दुई घन्टासम्म तैरिरहे । त्यसपछि उनले लाइफ र्‍याफ्ट फेला पारे । त्यसमा अलिकति बिस्कुट, टर्च र ताजा पानी थियो । केही दिनमै त्यो सबै सकियो अनि उनले समुद्रमा माछा मारेर खाए । अमेजन नदीमा पुगेपछि उनलाई ब्राजिलका तीनजना माझीले बचाए ।
जिउँदै फर्केर आएपछि उनलाई बेलायतका राजा जर्ज छैटौंले ब्रिटिश एम्पायर मेडलबाट सम्मान गरे । बेलायतको जलसेना रोयल नेभीले उनको कथालाई सर्भाइभल म्यानुअलमा संलग्न गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]