१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

विराटनगर – विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकै दिन ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेको अवधीमा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमध्ये दुई जना महिला र ६ जना पुरुष छन् ।

कोसी कोभिडमा बिहीबार बिहान ६ बजे विराटनगर ८ का ७६ वर्षीय वृद्धको मृत्यु भएको छ । उनलाई बैशख ३० गते अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान करिब ३ः३० बजे इनरुवा नगरपालिका – ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक बैशाख ३१ गते कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

बिहीबार बिहान साढे १ बजे सिरहा घर भएकी ५० वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई बैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

बुधबार दिउँसो साढे १२ बजे विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको मृत्यु भएको थियाे । उनलाई बैशाख २९ गते भर्ना गरिएको थियो ।

बुधबार दिउँसो विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनलाई पनि बैशाख ३१ गते नै अस्पताल भर्ना गरिएको थियो ।

इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । उनलाई बैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।

बैशाख २९ गते कोसी कोभिडमा भर्ना भएका विराटनगर महानगरपालिका– ८ का ४६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको थियो ।

विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको पनि कोसी कोभिडमा नै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई बैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]