सप्तरी – मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा अक्सिजनसहित ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ ।
मित्रपार्कस्थित नेपाल¬भारतमैत्री हस्पिटलसँगको सहकार्य एवं व्यवस्थापन तथा काठमाडौं महानगरपालिका¬८ को समन्वयमा मारवाडी सेवा समितिले सो आइसोलेसन सञ्चालनमा ल्याएको हो ।उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन समिति(सीसीएमसी)का संयोजक ईश्वर पोख्रेलको उपस्थितिमा बुधबारदेखि सर्वसाधारणका लागि आइसोलेसन सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री पोख्रेलले मारवाडी सेवा समितिले सञ्चालन गरेको अक्सिजन सहितको आइसोलेसन व्यवस्थित रहेको बताए ।
साथै उनले अस्पतालहरूमा बेड पाएर पनि आर्थिक स्थिति कमजोर भई उपचार गराउन नसक्नेहरूको जीवन रक्षामा उक्त आइसोलेसन सञ्चालनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सिसिएमसी र स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको उनको भनाइ छ ।
आइसोलेसनमा रहने बिरामीहरूका लागि ल्याव परीक्षण र औषधि बाहेक अक्सिजन, खाना, बस्न तथा चिकित्सक, नर्स, लगायतका सबै स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध हुनेछ ।आइसोलेसनमा बस्नको लागि कोरोना संक्रमण भइ लक्षण देखिइका तथा अक्सिजनको लेभल ९० देखि ९४ को बीचमा भएको हुनुपर्नेछ ।सो सेवा समाजले कोरोनाको पहिलो लहरमा देशभर करिब एक करोड ५० लाखभन्दा बढीलाई पुग्ने गरी रोगी प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक आर्सेनिक एल्बम–३०सी नामक औषधि निःशुल्क वितरण गरेको थियो ।
समाजका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार,पोहोर काठमाडौंमा १० हजार परिवारलाई पुग्ने राशन तथा मास्क, सेनिटाइजर, ग्लब्स समेत वितरण गरेको थियो ।२०१० सालमा स्थापना भएको मारवाडी सेवा समाजले प्राकृतिक विपद तथा महामारीमा विभिन्न सहयोग गर्दै आएको छ ।