एजेन्सी – गत २४ घण्टामा भारतले २० लाख भन्दा बढी परीक्षणहरू गरिसकेको छ र यसले विश्वव्यापी रेकर्ड बनाएको छ भने दैनिक सकारात्मक दर १३.३१% मा झरेको छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा २०.०८ लाख (२० लाख भन्दा बढी) परीक्षणहरू गरिएको थियो। देशभरि हालसम्म ३२ करोड (३२० मिलियन) परीक्षणहरू सञ्चालन भइसकेका छन्।
कुल सकारात्मक दर ७.९६% रहेको छ।
लगातार छैठौं दिन भारतको दैनिक संक्रमण मुक्त हुने संख्या दैनिक नयाँ संक्रमित सँख्या भन्दा बढी रहेको छ। गत २४ घण्टामा ३,८९,८५१ जना संक्रमण मुक्त भएका छन्।
कुल २,१९,८६,३६३ जना ठिक भएका छन्। राष्ट्रिय रिकभरी दर ८६.२३% पुगेको छ।नँया संक्रमण मुक्त संख्या मा दश राज्य ले ७४.९४% रिकभरी दर कायम गरेका छन्।यही सकारात्मकतालाई निरन्तरता दिदै भारतले लगातार तीन दिन ३ लाख भन्दा कम नयाँ संक्रमित केस दर्ता गरेको छ।
पछिल्लो २४ घण्टामा २,६७,३३४ जना नँया कोविड संक्रमित थपियो।
दस राज्यले गत २४ घण्टामा नँया कोविड संक्रमित सँख्याको ७४.४६% ओगटेका छन्। तामिलनाडुमा सबभन्दा बढी ३३,०५९ जनामा कोविड संक्रमण पुष्टि भएको छ भने केरलमा ३१,३३७ जनामा कोविड संक्रमण पुष्टि भएको छ।अर्को तर्फ भारतको कुल सक्रिय केसलोड आज घटेर ३२,२६,७१९ मा कायम छ।
गत २४ घण्टामा १,२७,०४६ गिरावट देखिएको छ। यसले अब देश को कुल सकारात्मक केसको
१२.६६% हिस्सा ओगटेको छ।
आठ राज्यहरूले भारतको कुल सक्रिय केसमा ६९.०२% हिस्सा ओगटेको छ।देशव्यापी खोप अभियानको तेस्रो चरणमा देशभरि दिइएको कोविड १९ खोप को कुुल संख्या १८.५८ करोड नाघेको छ।बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार २७,१०,९३४ सत्र मार्फत १८,५८,०९,३०२ जानलाई खोप लगाइएको छ।
यसमा ९६,७३,६८४ एचसीडब्ल्यूहरूले पहिलो डोज र ६६,५९,१२५ एचसीडब्ल्यूहरूले दोस्रो डोज प्राप्त गरे। १,४५,६९,६६९ एफएलडब्ल्यूले पहिलो डोज र ८२,३६,५१५ एफएलडब्ल्यू ले दोस्रो डोज प्राप्त गरे। १८-४४ वर्ष उमेर समूहका ६४,७७,४४३ लाभार्थी ले पहिलो डोज प्राप्त गरे। ४५-६० वर्ष उमेर समूहका ५,८०,४६,३३९ लाभार्थी ले पहिलो डोज र ९३,५१,०३६ लाभार्थी ले दोस्रो डोज प्राप्त गरे। ६० वर्ष भन्दा माथिका उमेर समूहका ५,४८,१६,७६७ लाभार्थी ले पहिलो डोज र १,७९,७८,७२४ लाभार्थी ले दोस्रो डोज प्राप्त गरे।
स्रोत : इन्डीया नीव्ज नेटवर्क