एजेन्सी – अफ्रिकाका ४१ देशहरूमा ८९ भन्दा बढी परियोजनाहरू भारतीय सहुलियत ऋणका साथ कार्यान्वयन भइरहेका छन्।
भारत र अफ्रिकाबीच “विशिष्ट, ऐतिहासिक र आत्मीय” सम्बन्ध छ, विदेश राज्य मन्त्री वी. मुरालिधरनले मंगलबार भने।फ्रान्सले आयोजना गरेको अफ्रिकी अर्थव्यवस्थाको वित्तपोषण सम्बन्धी शिखर सम्मेलनमा उनले अफ्रिकाका साथ भारतको विकास साझेदारी मोडल सुई जेनेरिस (विशिष्ट किसिमको) हो भने।
मुरलीधरनले औंल्याए कि यस साझेदारीमा स्थानीय प्राथमिकता को परिणाम स्वरूप र पारदर्शी र स्वीकार्य सर्तहरूमा आधारित क्षमता निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रको दक्षता, प्रविधि हस्तांतरण र महत्वपूर्ण पूर्वाधार निर्माण समावेश छन्।नयाँ दिल्लीले विकास परियोजनाहरुका लागि ६० करोड अमेरिकी डलर अनुदान सहायता र १० अरब अमेरिकी डलर अनुकुल ऋण प्रस्ताव गरेको जानकारी दिँदै मन्त्रीले भने कि यी ऋण मध्ये ६.४ अरब अमेरिकी डलर भन्दा बढी ऋण स्वीकृत भइसकेका छन्।
अफ्रिकाका ४१ देशहरूमा ८९ भन्दा बढी परियोजनाहरू भारतीय सहुलियत ऋणका साथ कार्यान्वयन भइरहेका छन्। भारतीय विदेश मंत्रालयले भने।इ-विद्या भारती र ई-आरोग्य भारती (ई-वीबीएबी) नेटवर्क प्रोजेक्टहरूको उदाहरण उद्धृत गर्दै उनले थपे कि भारत र अफ्रीका साझेदारीबाट असंख्य डिजिटल आविष्कारहरू अगाडि आएका छन्।
पूर्वाधार विकास अन्तर्गत सुडान र रुवाण्डामा पावर प्रोजेक्टहरू र बाँधहरूको निर्माण भएको छ, तन्जानियामा पानी उपचार; इथियोपियामा चिनी कारखाना; र मोजाम्बिक र इस्वातिनीमा प्रविधि पार्क निर्माण भएको छ। मुरालिधरणले भने।यसबाहेक, कोभिड १९ बिरूद्धको लडाईमा भारतले अफ्रिकासँग ऐक्यबद्धता जनाउँदै २५ देशलाई १५० टन औषधीय उपहार प्रदान गरेको छ, उनले भने।मन्त्रीले भारतको “खोप मैत्री” पहल अन्तर्गत अफ्रिकाका ४२ देशहरुमा मेड इन इण्डिया कोविड खोपका २४.७ मिलियन डोज अनुदानको रूपमा र वाणिज्यिक र कोभाक्स आपूर्ति मार्फत प्रदान गरेको जानकारी दिए।
महामारीको कुनै सीमा नहुने र विश्वव्यापी आर्थिक सुधार सामूहिक कार्यमा निर्भर हुने भन्दै विदेश राज्यमन्त्रीले अझ बढी मजबुत र बलियो अफ्रिका बनाउन मित्र र साझेदारहरूलाई आवश्यकताको यस घडीमा सँगै आउन आह्वान गरे।
स्रोत : इन्डीया नीव्ज नेटवर्क