काठमाडौं – नेकपा (एमाले)ले संसद्बाटै बजेट ल्याउने बताएको छ। बिहीबार प्रधानमन्त्री निवासमा बसेको एमालेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने बताए।
‘अध्यादेशबाट बजेट ल्याउने कुनै सोच छैन। संसद्को नियमित अधिवेशनमै बजेट प्रस्तुत हुन्छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने।
सरकारले संसद्को अधिवेशन बोलाउन ढिलाइ गर्दा संविधानमै संघीय संसद्मा पेश गरिने भनिएको बजेटका लागि विकल्प खोज्न थालिएको हो कि भन्ने आशंका व्यक्त हुने गरेको थियो।