१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

सिरहा -युवाहरुको पहलमा कोभीड विरुद्ध अभियान लहानमा चलाउने निर्णय भएको हो ।

०५ गते बुधबार सिराहा जिल्ला लहान न.पा. वार्ड नं १० मा पूर्व मन्त्री तथा सांसद सरिता गिरी को घरमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेका छन्। कोभीड विरुद्ध अभियानको अध्यक्षता भने पूर्व मन्त्री तथा सांसद सरिता गिरी रहेकी थिईन् ।

लहान लगायत विभिन्न स्थानमा कोभीड बढिरहेको अवस्थालाई मध्यनजर गर्दै, लहानमा अवस्थित प्रादेशिक सरकारी रा. उ.अस्पताल लहान मा कुनै व्यवस्थित न रहेको र कोभीड नियन्त्रण गर्न कठिनाइ भईरहेको हुँदा सम्पूर्ण नगरवासीको ध्यानाकर्षण भएको छ।

यदि समयमै ध्यान दिइएन भने यो अवस्थालाई न्यूनीकरण गर्न अप्ठ्यारो हुनसक्ने भन्दै पूर्व मन्त्री सरिता गिरीको संयोजक र युवा नेता भोलजीत नेपालको सह- संयोजक सहित ११ जनाको कार्य समिति चयन गरिएको छ। यो कुनै राजनीतिक संघ संस्था सँग आवद्ध न रही , बिल्कुलै निस्वार्थ भावनाले लहान नगरवासी लाई स्वास्थ लगायत विभिन्न क्षेत्रहरुमा कार्य गर्ने युवा नेता नेपालले जानकारी दिएका छन ।

कोरोना सँग एकदमै विशाल आत्मबल का साथ लड्नु पर्ने अवस्था देखिएकाले र घरमै बसी पोषणयुक्त खानपिनमा ध्यान दिई यसलाई परास्त गर्न सकिन्छ भनेर पनि नेपालले जानकारी के छ खबर लाई गराए ।त्यसैगरी लहान नगरपालिका भित्र अवस्थित सम्पूर्ण स्वास्थ सँग सम्बन्धित , अस्पताल देखि लिएर साना क्लिनिक सम्मलाई सावधानीका आधारभूत आवस्यकता हरु प्रदान गरिनेछ र उक्त प्रोटोकल पालन गर्नका लागि विभिन्न खालका दबाव र पारदर्शिताका निम्ति उक्त समुह आजै देखि लागि परेको जानकारी नेता नेपालले जानकारी गराए । साथै सबै लहान लगायत सिराहा नगरवासी मा सामाजिक दूरी कायम , मास्क लगाउन , अनावस्यक बाहिर न निस्किन आपिल समेत गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]