१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

हिजो साँझ बालुवाटारमा बसेको क्याबिनेट बैठक सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुग्नुभयो ।

त्यही वीच शीतल निवासबाट सूचना निस्कियो र राती सवा आठ बजे प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न जानुभयो ।“ठाकुर र महतो बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओली भने राती ८ बजेर २० मीनेटको हाराहारीमा शीतल निवास छिरेर पौने १० बजे बाहिरिनुभएको थियो ।”मधेशी नेताहरु भने त्यतैबाट साढे सात बजे लैनचौरस्थित भारतीय दूतावास जाने तय भयो । तर,यो बेला बढी हिमचिम देखिँदा हल्ला हुने डरले राजेन्द्रको गाडी घरतिरै सोझिएको श्रोत बताउँछ ।

ठाकुर र महतो बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओली भने राती ८ बजेर २० मीनेटको हाराहारीमा शीतल निवास छिरेर पौने १० बजे बाहिरिनुभएको थियो ।हिजो साँझ विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका एकजना राजनीतिक विश्लेषक भन्छन् ‘९ गतेलाई संसद आह्वानको सिफारिश,अध्यादेश जारी,नयाँ सरकार गठनको सूचना निकालेपछि पनि प्रधानमन्त्री राती दुई घण्टा शीतल निवास गएर गरेको वार्ताको आधारमा आज ठूलै राजनीतिक घटनाको निर्णय हुनसक्ने आँकलन गर्न सकिन्छ ।

जसरी पनि संसद विघटन र ओली सरकारको निरन्तरता नै हिजो साँझको भेटघाटको मूल विषय हुनसक्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]