बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृतकमध्ये बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दुई/दुई जना, प्यूठान, दाङ र बर्दियाका एक/एक जना रहेको बाँके जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए।
बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको हो।भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको वलीले जानकारी दिए।
योसँगै बाँके जिल्लाका २६७ जना र बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका थप २२२ जना गरी कुल ४८९ जना संक्रमितको हालसम्म मृत्यु भएको छ।