१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत दुई जना कोरोना संक्रतिमको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उपचाररत धरान १७ मा सप्तरी कन्चनपुरका पुरुषको मृत्यु भएको हो । सप्तरी कन्चनपुर ८ का २८ वर्षीय पुरुषको शुक्रबार बिहान करिब २ बजेर ३० मिनेटमा मृत्यु भएको हो। बैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जेष्ठ ६ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरी, धरान १७ का ६५ वर्षीय पुरुषको बिहीबार राती १० बजेर ५५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनमा जेष्ठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टिभएको ६ दिनपनि स्वास्थ्य अवस्था विग्रदै गएको प्रतिष्ठानले जनाएको छ।

उनलाई जेष्ठ ६ गते बिरामीलाई अस्पतालको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो।यो सँगै प्रतिष्ठानमा हालसम्म १ सय ७५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भईसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]