काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार सम्पादकहरुसँगको अन्तरक्रियामा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनको लागि मार्ग प्रशस्त गरेको बताए ।“मैले मार्ग प्रशस्त नगेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने स्पस्ट छ । फेरि जाने सविधानको धारा ७६ (५) कै प्रक्रियामा हो,” उनले भने, “जेठ १५ गते बजेट ल्यानुपर्ने संवैधानी व्यवस्था रहेको छ । त्यो भन्दा अगाडि नीति कार्यक्रम ल्याउनुपर्छ । नीति कार्यक्रम र बजेट ल्याउनलाई १४ गते नयाँ सरकार बन्यो भने १५ गते बजेट कसरी पेश गर्ला ?”
उनले ११, १२ अथवा १३ गते सरकार बन्यो भने सरकाले बजेट कसरी पेश गर्ला भन्दै प्रश्न गरे । “नयाँ सरकारले आफ्नो नीति कसरी तयार गर्ला । बजेट कसरी तर्जुमा गर्ला ?” उनले भने, “हामीसँग समय छैन । त्यसैले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर विशवासको मत हासिल गर्न नसकेर धार ७६(५) मा जाने सुविधा छैन ।”