१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का ४५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या र निमोनियाले गालेपछि गत सोमबार निधन भयो ।

१५ दिन ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएका उनले सुरुमा सिटामोल र ज्वरो नरोकिएपछि नजिकैको फार्मेसी पसलबाट टाइफाइडको औषधि किनेर खाएका थिए । फार्मेसी पसलेले सामान्य जाँच गरेर टाइफाइड भएको र औषधि खाएपछि निको हुने भन्दै एन्टिबायोटिक चलाएको तीन दिनमै उनको मृत्यु भएको हो ।फार्मेसीबाट औषधि किनेर खान थाले पनि ज्वरो नरोकिएको र खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या बढेर गएको आफन्तले बताए । श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि बल्ल उनलाई आफन्तले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए । अस्पतालमा एक्सरे गर्दा कडा खालको निमोनिया देखिएको र चिकित्सकले किन ढिलो गरेर अस्पताल ल्याएको भनेर सोधखोज गर्दा फार्मेसीबाट जथाभावी औषधि किनेर खाएको पत्ता लागेको थियो । उनले सुरुवाती चरणमै टाइफाइडको कडा प्रकृतिको औषधि सेवन गरेकाले अवस्था नाजुक बनेको चिकित्सकले बताए ।

चिकित्सकले ढिलो गरेर अस्पताल आउँदा ज्यान बचाउन नसकेको बताए । ‘ज्वरो आएपछि परासीको फार्मेसीमा औषधि र तीन दिनसम्म सुई लगाएको हो । तर पनि ज्वरो निको भएन,’ रामग्राम–१० का निलु गुप्ताले भने, ‘सामान्य ज्वरो होला भनियो । तर, यसपटक कोरोनाले भेटेको रहेछ । आफ्नै लापरबाहीले गर्दा ज्यान गयो ।’पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. राजकुमार गुप्ताले कोरोना संक्रमितले आफ्नै स्वास्थ्यमा लापरबाही गर्दा मृत्यु हुने गरेको बताए ।

‘समयमै चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्ने संक्रमित घरमा नै बसे पनि निको भएका छन्,’ उनले भने, ‘परासी क्षेत्रमा कोरोना संक्रमितले फार्मेसीमा गएर जथाभावी औषधि सेवन गर्ने र कडा खालको टाइफाइडको औषधि सेवन गर्ने गरेको भेटिएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]