१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले शुक्रबार राति संसद् विघटन गराएर कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन्। यस विषयमा निर्णय गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।उनका अनुसार आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ। संसद् विघटन गरेपछिको अवस्थाबारे छलफल र आवश्यक रणनीति तय गरिने शर्माले बताए।शुक्रबार देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।

त्यसपछि मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गरेर मध्यावधि चुनावका लागि सिफारिश गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरि २६ कात्तिक र ३ मंसिरमा चुनाव घोषणा गरेकी हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]