१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्छौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपीलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]