स्वीट्जरल्याण्ड सरकारले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले स्वास्थ्य सामग्री बुझेका हुन् ।
सिंगापुर दूतावासले दिएको जानकारी अनुसार आज आएका स्वास्थ्य सामग्रीमा १० थान अक्सिजन कन्सनटेटर, ११ लाख थान एन्टीजेन टेष्ट किट, ४० थान भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणलगायत रहेका छन् ।
यी स्वास्थ्य सामग्री स्वीस सरकारले नेपाललाई अनुदानमा दिएको हो ।