१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका १ सय ४९ सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को (५) अनुसार सरकार गठनका लागि शुक्रबार अपराह्न ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।विपक्षी गठबन्धनले तोकिएको समयअगावै १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी प्रस्तुत गरेका थिए। तर राष्ट्रपति भण्डारीले शुक्रबार राति उक्त दाबी अस्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरी केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री तोकेकी थिइन् । त्यसैको विरुद्धमा पाँच राजनीतिक दल (कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपा बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चा) विरोधमा उत्रिएको छ ।ती दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा उपस्थित हुन निर्देशन दिएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालती प्रक्रिया अगाडि बढाउन त्यस्तो निर्देशन दिइएको जनाइएकोछ।

शनिबार बिहान बानेश्वरमा बसेको ५ दलको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]