भारतमा यास नामक शक्तिशाली चक्रवातकाे खतरा देखिएपछि त्यहाँकाे माैसम विज्ञान विभागले अर्लट जारी गरेकाे छ।
विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ, जुन मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परीणत हुने आँकलन गरिएकाे छ।‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परीणत हुनेछ। यो मे २६ साँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्नेछ,’ अलर्टमा भनिएकाे छ। चक्रवात विकसित हुने भएपछि पश्चिम बंगाल र ओडिसामा सेनालाई अलर्ट राखिएकाे बिबिसीले उल्लेख गरेकाे छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रिय आपत प्रबन्ध विभागकाे बैठक डाकेका छन् भने गृहमन्त्री अमित शाह टेलिकम र नागरिक उड्डयन मन्त्रालयका अधिकारीसँग बैठकमा जुटेका छन्।
यसअघि अरबसागरमा बनेकाे ताउते नामक चक्रवातले भारतमा ठूलाे क्षति गरेकाे थियाे। नेपालमा समेत करिब एक साता माैसम प्रभावित रह्याे।