सप्तरी – पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार एक सय ९३ संक्रमितको मृत्यु भएको छ ।
१९ हजार ९ सय २६ को परीक्षण गर्दा मुलुकभर सात हजार ९ सय १४ जनामा कोभिड संक्रमण देखिएको छ । भक्तपुरमा तीन सय ६६, ललितपुरमा छ सय ८४ र काठामाडौँमा एक हजार ७ सय ६१ जनामा संक्रमण देखिएको छ ।