१३ मंसिर २०८१, बिहिबार
wait Please...
सप्तरीमा थप दुई जना काेराेना सन्क्रमितकाे मृत्युु

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

शुभ नारायण यादव

आइतबार, जेठ ०९, २०७८

सप्तरी – सप्तरीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ ।

पछिल्लो पटक सप्तरीको बोदे बरसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १–१ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन। प्रमुख यादवका अनुसार जिल्लाकाे बोदे बरसाइन नगरपालिका वडा न.८ की ४७ वर्षीया र महादेवा गाउपालिका वडा न.–२ की ६० वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हाे ।

जेठ ७ गते संक्रमण पुष्टि भएको ४७ वर्षीयाको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा हिजो मृत्यु भएको छ भने जेठ ७ गते नै संक्रमण पुष्टि भएर ८ गते उपचारको लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएकी ६० वर्षीयाको आज सोही अस्पतालमा मृत्यु भएको निमित्त प्रमुख यादवले बताएका छन। योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) संक्रमणबाट हालसम्म ४८ जनाको मृत्य भएको छ ।
यसेबिच सप्तरीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालाबाट ३१ जना र एन्टिजेन परिक्षणबाट १० जना गरी कुल ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सबैभन्दा धेरै कंचनरुप नगरपालिकाका ४ महिला र १० पुरुष गरी १४ जनामा संक्रमणमा देखिएको छ भने राजविराजका २ महिला र ७ पुरुष गरी ९ जनामा संक्रमण देखिएको हो । यसैगरी महादेवाका १ महिलासहित ३, छिन्नमस्ताका २ पुरुष, बोदे बरसाइन र विष्णुपुरका १–१ पुरुष, तिरहुतका १ महिलामा संक्रमण देखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]