१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

राजस्थान – भारतमा कोरोना भाइरसको संक्रमणको तेस्रो लहरको आशंकाले चिन्ता बढाएको छ ।

किनभने तेस्रो लहरमा सबैभन्दा बढी प्रभाव बालबालिकाहरुलाई पर्ने भनिएको छ ।भारतको राजस्थानका दुई जिल्लाहरुमा बालबालिकाहरु तिब्र रुपमा कोरोना संक्रमित भैरहेका छन् ।

दौसा तथा डूंगरपुरका बालबालिकाहरुलाई भएको संक्रमणले चिन्ता बढाएको छ । राजस्थानमा कोरोना महामारीको चपेटामा बालबालिकाहरु पर्न थालेका हुन् ।

तेस्रो लहरका बारेमा जस्तो आशंका गरिएको थियो, अहिले ठिक त्यस्तै भैरहेको छ ।कोरोनाको संक्रमण अहिले बालबालिकाहरुलाई भैरहेको छ ।

ठूलो संख्यामा बालबालिकाहरु संक्रमित हुन थालेका छन् ।राजस्थानमा बालबालिकाहरुमा भएको कोरोना संक्रमणले हाहाकार मच्चाएको छ ।

करीव छ सय बालबालिकाहरु संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।दौसा जिल्लाको सिकराय उपखण्डको एउटा गाउँका नौ तथा दश वर्षका बालिकाहरु संक्रमित भएका छन् ।

दुबैका बुवा संक्रमित भएका थिए, जसको निधन भैरहेको छ ।पछि ती दुई बालिकाहरु संक्रमित भएका हुन् ।

दौसामा एक–दुई वर्षका बालबालिका समेत संक्रमित भएको बताइन्छ ।भारतको स्वास्थ्य विभागका अनुसार दौसामा पछिल्लो तीन साताको अवधिमा १८ वर्षभन्दा कम उमेरका ३ सय ४१ बालबालिका संक्रमित भएका छन् ।

उता डंगूरपुरमा पनि १२ मेदेखि २२ मेसम्ममा १८ वर्षभन्दा कम उमेरका २ सय ५५ बालबालिका संक्रमित भएका छन् ।त्यसो त, डंगूरपुरका कलेक्टर सुरेश कुमार ओलाले उनको जिल्लाका बालबालिकाहरुमा कोरोना संक्रमण सामान्य भएको बताएका छन् ।

बालबालिकाका आमा–बुवा पोजिटिभ भएकाले उनीहरुका छोराछोरी पनि संक्रमित भएको कलेक्टरको भनाइ छ ।तर, कलेक्टरको कुरालाई डंगूरपुरका सीएमओ राजेश शर्माले अस्विकार गर्दै पछिल्लो दश दिनमा अढाइ सय भन्दा बालबालिका संक्रमित भएको बताए ।

सुखद पक्ष के छ भने यसबीचमा संक्रमित कुनै पनि बालबालिकाको निधन भएको छैन ।यद्यपि, विशेषज्ञहरुले यसलाई भारतमा कोरोनाको तेस्रो लहरको सम्भावित पहिलो प्रभावको रुपमा हेर्नु पर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]