काठमाडौं – नेकपा एमालेका सांसद विरोध खतिवडाले सर्वोच्च अदालतमा बहुमत सदस्य गएर बालुवाटारलाई देखाउन लागेको बताएका छन् ।
सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “केही साथीहरु बाहिरी जिल्लामा हुनुहुन्छ । अदालतले सक्कली दस्तखत खोज्छ । नेपाली कागजमा खोज्छ । ओरिजिनल सिग्नेचर खोज्छ । १४९ घटबढ हुँदा पनि फरक पर्दैन । १३६ बहुमत पुग्छ ।
तर यहाँ नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर मात्रै हो । त्यो बहुमतको हस्ताक्षर त बालुवाटार र मिडियालाई देखाउनका लागि हो । मान्छे भएनन् दुईजनामात्रै गयो भनेर स्यालहुइयाँ हुन्छ भनेर पुर्याउन खोजिएको हो ।”