सप्तरी : सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय एक जनाको कुटपिटबाट घाइते भएकाको मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते रामदल यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ । मादक पदार्थ र नशालु पदार्थ खाएर बुधबार राति आपसमा झगडा हुँदा गाउँकै युवाहरुले धारिलो हतियारले निर्घात कुटपिट गरेको स्थानीयले संका गरेका छन । सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्मे अवस्थामा फेला परेका घाइतेलाई तत्कालै उपचारका लागि बिराटनगर पठाइएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । अनुसन्धानका लागी प्रहरीले सोही गाउँका बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादबलाई पक्राउ गरेका छन् । पक्राउ परेका आरोपितहरुले कदम हटिया नजिक गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेका थिए ।
सोही झगडाको रिसमा मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितहरुले बुधबार राति कुटपिट गरेर घाइते अवस्थामा सडक किनारमा छाडेको मृतकका दाजु सरोबर यादवले बताएका छन । यता भन्ने थप अनुसनधान भई रहेकाे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएकाे छ ।