काठमाडौं – त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपिल गरेको छ ।
विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन अाग्रह गरेका हुन् ।विज्ञप्तिमा वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन अाग्रह गरिएको छ ।
यो समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन समेत उनको आग्रह छ । ‘यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । साथै महामारीमा संघर्ष गरिरहनु भएको सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।