१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

सप्तरी – सरकारले एसईईको परीक्षापछि मात्रै नयाँ शैक्षिक सत्रबारे निर्णय गर्ने बताइरहेका बेला नवलपरासीपूर्व कावासोती नगरपालिकाले आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको छ ।

कावासोती नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुलाई पत्राचार गरी आन्तरिक मूल्याङ्नका आधारमा नतिजा प्रकाशित गर्न निर्देशन दिएको हो ।नगरपालिकाका शाखा अधिकृत राजन पाण्डेले हस्ताक्षर गरी पठाएको पत्रमा कक्षा ८ को बाहेक कक्षा १ देखि ९ सम्मको नतिजा जेठ २५ गतेदेखि ३० गते भित्र प्रकाशन गर्न भनिएको छ ।नगरपालिकाले विद्यार्थी मुल्याङ्कन आधार तथा ढाँचासमेत पठाएर जेठ २० गतेभित्र मूल्याङ्कन गरिसक्नुपर्ने जनाएको छ ।यसै शैक्षिक सत्रमा यसअघि सञ्चालन भएका परीक्षाको ७० पूर्णाङ्क तोकिएको छ । ३० पूर्णाङ्को वैकल्पिक विधिबाट स्वास्थ्य मापदण्डअनुसार सरकारी निकायहरुबाट भएका निर्देशनको पालना गरी विद्यार्थीमैत्री ढंगबाट अभिभावकलाई समेत जानकारी हुने गरी सम्पन्न गर्न भनिएको छ ।

एसईई परीक्षा सञ्चालन सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदलले अध्ययन तथा सझाव संकलन गरिरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]