१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

काठमाडौँ – नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको र अध्यक्ष ओलीले एमाले विभाजन गर्ने काम फत्ते गरेको भन्दै कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पारेका हुन् ।‘कमरेड जेएन खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ।उनले केपी ओली नेतृत्वको सरकारलाई हटाउनु नै अबको पहिलो काम भएकोसमेत भनेका छन् । नेता नेपालले अब कानूनी र राजनीतिक तथा सडक आन्दोलन गर्ने चेतावनी दिँदै भनेका छन्,‘अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा सुम्पेको भन्दै उनले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]