सिन्धुली – सिन्धुलीमा २४ घण्टा नबित्दै तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना संक्रमितको मृत्यु भएको हो ।
कोभिड–१९ को संक्रमणपछि श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकी कमलामाई नगरपालिका ४ की ७८ वर्षीया चेतकुमारी देवकोटा र सर्लाहीको लालबन्दी नगरपालिकाका ५७ का वर्षीय सरोज बरालको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर सागर देबकोटाका अनुसार सोमबार दिउँसो कमलामाई नगरपालिका १४ की ५५ वर्षीया महिलाको उपचारकै क्रममा निधन भएको थियो ।बराललाई भेन्टिलेटरमा उपचार गरिएको थियो भने अन्य २ जना महिलालाई हाइफ्लो अक्सिजन दिएर उपचार गरिएको थियो । योसँगै सिन्धुलीमाकोभिड १९ दोस्रो भेरियन्टका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
जिल्लामा हालसम्म १ हजार ५२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जना र पीसीआर गरिएकामध्ये १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । एक सय ३४ जनाले कोरोनालाई जितेका छन् ।