सप्तरी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक सूचना सार्वजनिक गर्दै केहि दिनदेखि अस्पतालमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नको लागि फिर्ता नपुग्ने समस्या बढ्न थालेको जनाएको हो ।
एउटा उद्योगको अक्सिजन सिलिण्डर अनेन्त्र लाने क्रमसमेत बढेकोले त्यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने भन्दै मन्त्रालयलेआग्रह उत्पादक कम्पनी तथा अस्पतालमा पुग्ने गरेर व्यवस्था मिलाउन आग्रह गरेको छ ।
‘अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिनु हुन अनुरोध छ’ – मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ।