०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

एजेन्सी – नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँडेको डुंगा दुर्घटनामा परेको हो । झन्डै १ सय ६० जना यात्रुहरु यस डुंगामा सवार रहेको र त्यसमध्ये १ जना मृत तथा २२ जनाको जीवितै उद्धार भएको स्थानीय अधिकारी अब्दूल्लाही बुहारी वाराले बताए । वाराकाअनुसार काठको यस डुंगामा मानिससँगै १ सय ६० बोरा बालुवासहितका सामानहरु पनि थियो । यो डुंगा पानीमा अर्को वस्तुसँग ठोक्किएपछि दुर्घटनामा परेको अनुमान अधिकारीहरुले गरेका छन् ।

यसअघि गत सेप्टेम्बरमा पनि किब्बीमा यस्तै दुर्घटना भएको थियो । त्यतिबेला ८ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]