१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

सुर्खेत – वीरेन्द्रनगरमा नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । चौधरी पाउण्डेशन (सीजी गु्रप) तथा नगरपालिकाको समन्वयमा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको हो ।

कटकुवा स्वास्थ्यचौकी परिसरमा करिव डेढ करोड लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरिएको छ ।यसका लागि फाउण्डेशनसँग नगरपालिकाले सम्झौता समेत गरिसकेको छ । २४ घण्टामा ४० लिटरका १५० वटा सम्म सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको उपचारमा अक्सिजनको चरम अभाव देखिएपछि नगरपालिकाले प्लान्ट नै स्थापना गरेर आपूर्ति सहज बनाउने प्रयास थालेको हो । चौधरी फाउण्डेशनको प्राविधिक टोलीले जेठ २५ गतेसम्म प्लान्ट जडान गरिसक्ने गरि तयारी थालिएको नगरप्रमुख देवकुमार सुवेदीले बताए ।

कोरोनाको दोस्रो चरणको माहामारीसँगै अक्सिजनको अभाव भएपछि नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण थालिएको छ । मेडिकल अक्सिजनको अभाव न्यूनीकरण गर्न प्लान्ट स्थापना गर्न लागेका सुवेदीले बताए । उनका अनुसार प्लान्ट सञ्चालनमा लाग्ने सुरूको खर्चलाई ५०/५० प्रतिशत व्यहोर्ने गरी चौधरी गु्रपसँग सम्झौता भएको छ । आधा–आधा खर्च व्यहोरे पनि सञ्चालनको जिम्मा भने नगरपालिकालाई दिइने छ ।सम्झौताअनुसार चौधरी फाउण्डेशनले प्लान्टको मेशिनलगायत पहिलो चरणको निर्माण र जडानको काम गर्नेछ । प्लान्ट जडान खर्च, स्थानको छनोट र जनशक्ति लगायतको व्यवस्थापन नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ ।

प्लान्ट सञ्चालनका लागि अगाडि बढाइएको योजनालाई मंगलबार बसेको नगर कार्यापालिका बैठकले पास गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले प्लान्ट मेशिन चाइनाबाट चार्टर गरी ल्याउने र जडानको कामसमेत फाउण्डेशनले नै गर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]