एजेन्सी – ‘स्कुल अफ रक स्टार’ केभिन क्लार्कको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । क्लार्क चढेको मोटरसाइकललाई कारले ठक्कर दिँदा बुधबार उनको मृत्यु भएको हो ।
उनलाई विशेष गरी ‘स्कुल अफ रक’ फिल्मबाट चिनिथ्यो । उक्त फिल्ममा उनले फ्रेडी जोनको रूपमा ड्रमरको भूमिका निर्वाह गरेका थिए । उनले काम गरेको फिल्म यहीं मात्र थियो । त्यति बेला उनी १२ वर्षका थिए ।
३२ वर्षीय क्लार्क उक्त फिल्मपछि उनी विभिन्न ब्यान्डमा ड्रमर रहेका थिए ।स्कुल अफ रक हिट फिल्म थियो । फिल्ममा संघर्षरत गितारिस्ट (ज्याक ब्ल्याक) शिक्षक बनी कक्षाका विद्यार्थीसँग ब्यान्ड खोल्छन् ।
कलाकार तथा अभिनेता ज्याक ब्ल्याक लगायतका अन्य कलाकारले श्रद्धाञ्जलि दिएका छन् ।