१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

पाल्पा – पाल्पामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका र रम्भा गाउँपालिका एक/एक र रैनादेवी छहरा गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

तानसेन नगरपालिका–२ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।रैनादेवी छहरा गाउँपालिका–२, सोमादीका ४९ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमादीकै ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचार गरी थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको र उपचारका क्रममा निधन भएको वडाध्यक्ष जीवनाथ पोखरेलले बताए ।रम्भा गाउँपालिका–३, पिपलडाँडाका ५३ वर्षीय पुरुषको उपचारका लागि रम्भा गाउँपालिकाको हुँगीमा सञ्चालित कोभिड अस्पतालमा लैजाँदै गर्दा निधन भएको छ । अवस्था गम्भीर भएको थाहा पाउनासाथ एम्बुलेन्समा राखेर कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

केही दिनदेखि ज्वरो आएर घरमै बसेका उनको अवस्था असामान्य भएपछि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले बताए । बाक्लो बस्ती रहेको पिपलडाँडाको झेस्काङलाई सिल गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]