सप्तरी – सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि आज बजेट सार्वजनिक गर्दैछ । हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक गर्न लागेको हो ।
आगामी आर्थिक वर्षका लागि आज अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएर मध्यावधि घोषणा भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
आज आउने बजेट मुख्यगरी कोरोना महामारीको नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ । सरकारले आज सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आयव्यय विवरण सार्वजनिक गर्न लागेको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट ल्याउने तयारी गर्दा विपक्षी दल र अर्थविदहरुले भने प्रतिनिधिसभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।