सप्तरी : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ ।
गणतन्त्रण दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्नुपर्ने बताउनु भएकाे हाे ।
‘राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामीले त्यो भोगी रहेका छौं,’ उहाँले भन्नुभयो ‘अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न समस्त नेपालीमा अपील गर्दछु।’
त्यसैगिर उहाँले कोभीड १९ को संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गदै उच्च सर्तकता अपनाउन आग्रह गर्नु भएको छ । जनताकाे जीवनरक्षा गर्नप्रति सरकार उदासिन तथा संम्मवेदनहीन देखिएकाले सबैमा सर्तकता अपनाउन अाग्रह गर्नु भएकाे हाे ।