१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका हुन्। उनले गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्। ‘नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उनले भनेका छन्, ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ।’

दाहालले स्वास्थ्यकर्मीमाथि संघातिक आक्रमण, विद्युत आपूर्ति नहुँदा कोरोना संक्रमितले ज्यान गुमाएको घटनाप्रति सरकारलाई ध्यनाकर्षण पनि गराएका छन्। ‘यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शुभकामना सन्देशमा भनिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]