१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

पाल्पा – पाल्पामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका–३, कसेनीका ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।जे =ठ ५ गते संक्रमण पुष्टि भएका उनको मिसन अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

त्यस्तै बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराकी ४९ वर्षीया महिलाको पनि शुक्रबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ७ गते एन्टिजेन पोजिटिभ देखिएर उपचार गराइरहेकी महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै रम्भा गाउँपालिका–१, हुँगीका ५५ वर्षीय पुरुषको पनि मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए । हुँगीस्थित कोभिड अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि मिसन अस्पताल ल्याइएको थियाृ । उनी गत जेठ ५ गते एन्जिेन पोजिटिभ आएपछि उपचाररत थिए । अक्सिजन लेभल कम भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि मिसन पठाइएको कोभिड अस्पतालका मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले बताए ।

यसैगरी गुल्मी चन्द्रकोट गाउँपालिकाका ४२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]