सप्तरी – रूसले जनावरहरूलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ ।
मार्चमा, रूसले जनावरहरूका लागि बनाएको कोरोना भाइरसविरुद्धको संसारको पहिलो खोप दर्ता गरेको जानकारी दिएको थियो । उक्त खोपको नाम कार्निभ्याक–कोभ रहेको छ । रूसका अधिकारीका अनुसार कतिपय क्षेत्रले पशु चिकित्सा क्लिनिकमा खोप दिन थालेका छन् ।
इयू, अर्जेन्टिना दक्षिण कोरिया र जापानले कार्निभ्याक–कोभ खोपमा चासो देखाएको एजेन्सीले जनाएको छ । वैज्ञानिकका अनुसार जनावरले मानिसमा रोग सार्न महत्वपूर्ण भूमिका खेल्ने कुनै प्रमाण नभए पनि कुकुर, बिरालो, बाँदर, मिङ्कलगायत संसारभरिका विभिन्न प्रजातिमा सङ्क्रमणको पुष्टि भइसकेको छ ।
कार्निभ्याक–कोभ खोप लाएपछि प्राप्त भएको इम्युनिट छ महिनासम्म रहन्छ । खोपको परीक्षणमा कार्निभ्याक कोभ जनावरका लागि हानिकारक नरहेको पुष्टि गर्दै खोप लगाएका जनावरको शरीरमा शतप्रतिशत एन्टिबडी उत्पादन गरेर कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्न प्रभावकारी देखिएको थियो ।
साथै, खोप लगाएपछि यसले जनावरमा हुने भाइरसको उत्परिवर्तनलाई रोक्न सक्छ । त्यस्तै, अमेरिकी पशु चिकित्सा औषधि कम्पनी जोटइिसद्वारा जनावरका लागि प्रयोग हुने अर्को खोप विकास गरिरहेको छ ।