सप्तरी – विश्वभर ४ करोड कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?
काठमाडौं – कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । तर कोरोना संक्रमित निको पनि हुँदै गइरहेका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७९ लाख ९ हजार ९ सय ९१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ७७ हजार ७ सय ४५ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ४ करोड १ लाख ८ हजार २ सय ५९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६० हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ करोड २२ लाख ७४ हजार ७ सय २७ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७३ लाख १६ हजार ३ सय २३ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ६८ हजार ६ सय ६२ पुगेको छ भने संक्रमितको संख्या ६० लाख २० हजार १ सय ६४ पुगेको छ । निको हुनेकोको संख्या ५४ लाख २२ हजार १ सय २ रहेको छ ।