सिमकोट – हुम्लाका तीन गाउँपालिकामा पछिल्लोपटक १८ जनामा पीसीआर परीक्षण गर्दा पाँचजनामा देखिएको छ ।
योसँगै जिल्लामा कुल संक्रमित संख्या १४३ पुगेको छ । खार्पुनाथ, सर्केगार्ड र अदानचुलीमा गरिएको परीक्षणमा संख्यामा बृद्धि भएपछि अब जिल्लामा कोरोना संक्रमितको संख्या डेढ सय नजिक पुगेको हो ।सात मध्ये ६ वटा गाउँपालिकामा कोरोना संक्रमण फैलिएको छ ।
सिमकोट गाउँपालिका २९, खार्पुनाथमा १३, सर्केगार्ड गाउँपालिकामा २३, चंखेली गाउँपालिकामा २५, अदानचुली गाउँपालिकामा २० र ताँजाकोट गाउँपालिकामा ३३ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएको छ । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिक मात्र कोरोना सङ्क्रमणबाट बचेको छ ।