वासिङ्टन – एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।