१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पछिल्लो राजनीतिक परिस्थिति र सरकार पुनर्गठनको विषयमा छलफल गर्नका लागि अध्यक्ष ठाकुर र दलका नेता महतो बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग जसपाको तर्फबाट सरकारमा सहभागी हुने विषय छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग अन्तिम छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन् ।सरकारमा सहभागी हुनका लागि जसपाले ८ जना मन्त्री मागेको छ । जसमा प्रधानमन्त्री ओली पनि सकारात्मक भएको बताइएको छ । बैठकमा कुरा मिले आजभोलि मै सरकारमा सामेल हुने जसपाको तयारी छ ।

यसअघि सांसद नभई मन्त्री बनाइएका पूर्व माओवादीका सात मन्त्रीको पद सर्वोच्च अदालतले खाली गराएपछि रिक्त रहेको स्थानमा जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री ओलीको तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]